२०८३ श्रावण ७ गते बिहीबार
२०८३ श्रावण ७ गते बिहीबार

एमएडब्लु समूहविरुद्धका आरोप तथ्यहीन र दुर्भावनापूर्ण रहेको दाबी

काठमाडौं । MAW Group ले आफूविरुद्ध लगाइएका भन्सार छली, भ्याट छली तथा कर छलीसम्बन्धी सबै आरोप तथ्यहीन, भ्रामक र दुर्भावनापूर्ण रहेको जनाएको छ ।

समूहले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिएको उजुरीमा कुनै ठोस तथ्य, प्रमाण वा कानुनी आधार नभएको दाबी गरेको हो । कम्पनीका अनुसार उक्त उजुरी कम्पनीको व्यापार–व्यवसायमा क्षति पुर्‍याउने उद्देश्यले प्रेरित भएर दर्ता गरिएको हो ।

एमएडब्लु समूहले केवल उजुरीका आधारमा उद्योगी–व्यवसायीमाथि मिडिया ट्रायल गर्नु अनुचित हुने बताउँदै यसले व्यवसायिक वातावरणमा नकारात्मक असर पार्ने उल्लेख गरेको छ ।

समूहअन्तर्गतको एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिले फोटोन ब्रान्डका विद्युतीय सवारीसाधन अन्तर्राष्ट्रिय मापदण्डअनुसार सही एचएस कोडमा घोषणा गरी आवश्यक भन्सार प्रक्रिया पूरा गरेर आयात गर्दै आएको जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा आयात गरिएका इभी सवारीलाई महालेखापरीक्षकको कार्यालयले फरक एचएस कोडमा वर्गीकरण गर्दै बेरुजु उठाएको भए पनि त्यो भन्सार छली नभई प्रशासनिक बेरुजु मात्र भएको कम्पनीको दाबी छ ।

उक्त विषयमा सर्वोच्च अदालतमा रिट दायर गरिएको र अदालतबाट भन्सार कार्यालयको पत्राचार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको कम्पनीले जनाएको छ । न्यायालयमा मुद्दा विचाराधीन रहेकै अवस्थामा भन्सार छलीजस्तो गम्भीर आरोप लगाइनु न्यायिक प्रक्रियामाथिको हस्तक्षेप भएको समूहको भनाइ छ ।

त्यस्तै, मोरङ अटो वक्र्ससँग सम्बन्धित भ्याट छलीको आरोपबारे पनि कम्पनीले स्पष्टिकरण दिएको छ । कम्पनीका अनुसार आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयले निर्धारण गरेको सम्पूर्ण कर, ब्याज र जरिवाना तिरिसकिएको छ र कुनै आर्थिक दायित्व बाँकी छैन । साथै, ‘कम्पनी बन्द रहेको’ भन्ने दाबी समेत असत्य रहेको जनाइएको छ ।

एमएडब्लु समूहले आफू नेपालको अग्रणी अटोमोबाइल तथा व्यापारिक समूह भएको उल्लेख गर्दै भ्याट, आयकरलगायत सम्पूर्ण कर समयमै बुझाउँदै आएको जनाएको छ । समूहले आर्थिक वर्ष २०८१/८२ मा मात्रै साढे ११ अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाएको तथा देशभर पाँच हजारभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको दाबी गरेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।