२०८३ जेष्ठ २८ गते बिहीबार
२०८३ जेष्ठ २८ गते बिहीबार

बालाजु होल्डिङ सेन्टरका सुकुम्बासीसँग गृहमन्त्री गुरुङले किन मागे माफी ?

गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित सुकुम्बासीहरू राखिएको दुईवटा होल्डिङ सेन्टरको आकस्मिक अवलोकन गरेका छन् । अवलोकनका क्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफीसमेत गरेका छन् ।

आफू मन्त्रालयको कार्यभारमा नरहेका बेला सुकुम्बासी बस्ती हटाइएको भए पनि सरकार उनीहरूको उचित व्यवस्थापनप्रति गम्भीर रहेको उनले स्पष्ट पारे ।

व्यवस्थापनका क्रममा कुनै कमीकमजोरी भएको भए क्षमा गरिदिन आग्रह गर्दै गृहमन्त्री गुरुङले भने, ‘सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्नेछ, अहिले पनि हाम्रो ध्यान यसैमा केन्द्रित छ ।’

सो क्रममा सुकुम्बासी परिवारले गृहमन्त्रीसमक्ष आफ्ना पीडा र गुनासाहरू राखेका थिए । हाल बस्न र खान सहज भए पनि बालबच्चाको शिक्षादीक्षामा असहजता रहेको र उपचारका लागि डाक्टरसमेत नआएको उनीहरूले गुनासो गरे ।

पीडितहरूको गुनासो सुनेलगत्तै गृहमन्त्री गुरुङले उक्त क्षेत्रमा प्रहरी टोली खटाउन निर्देशन दिएका थिए । होल्डिङ सेन्टरको निरन्तर अपडेट राख्न र कुनै पनि स्वास्थ्य समस्या या आकस्मिक अवस्था आउनासाथ प्रहरीले तुरुन्तै उद्धार (रेस्क्यु) गरी अस्पताल पुर्‍याउने व्यवस्था मिलाउन उनले निर्देशन दिए ।

गृहमन्त्री आफैँ भेट्न आएपछि पीडित सुकुम्बासी परिवारमा नयाँ आशा जागेको छ । अब गृहमन्त्री गुरुङले आफ्नो जग्गा र स्थायी बसोबासको व्यवस्थापन गरिदिनेमा उनीहरू निकै आशावादी देखिएका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।