२०८३ श्रावण १५ गते शुक्रबार
२०८३ श्रावण १५ गते शुक्रबार

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, के भयो कुराकानी ?

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बिहीबार राति राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबिच भेटवार्ता भएको हो।

सो भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

करिब १५ मिनेटसम्म चलेको उक्त भेटवार्तामा तराई मधेस क्षेत्रमा देखा परेका समस्याहरूका बारेमा केन्द्रित रहेर कुराकानी भएको थियो। भेटका क्रममा प्रधानमन्त्री शाहले देशको पछिल्लो परिस्थितिलाई लिएर सरकार गम्भीर रहेको र समस्या समाधानका लागि निरन्तर प्रयास भइरहेको बताएको राष्ट्रपति निकट स्रोतले बतायो । उनले राष्ट्रपतिलाई आश्वस्त पार्दै भने, ‘हामीले प्रयास गरिरहेका छौँ, अब समस्याको समाधान हुन्छ। हजुरले यस विषयमा धेरै चिन्ता लिनु पर्दैन।’

जवाफमा राष्ट्रपति पौडेलले मुलुकको बदलिँदो अवस्थाप्रति चासो व्यक्त गर्दै सरकारलाई थप सचेत रहन सुझाव दिए। राष्ट्रपतिले पछिल्लो समय अवस्था अलि गम्भीर बन्दै गएको उल्लेख गर्दै भने, ‘अवस्था अलि गम्भीर बन्दै गएको देखिन्छ, त्यसैले अलि सचेत हुनुहोस्। बरु सबै पक्षसँग सल्लाह गरेर सर्वदलीय कुराकानीमार्फत अगाडि बढ्नु राम्रो हुन्छ।’

भेटका क्रममा शान्ति सुरक्षाका विषयमा समेत संक्षिप्त छलफल भएको शीतल निवास स्रोतले जनाएको छ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।