२०८३ भाद्र २० गते शनिबार
२०८३ भाद्र २० गते शनिबार

बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार

बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ।

सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आनन्द श्रेष्ठको घर बाढीले पुरिएपछि त्यसबाट ती महिलाको जीवितै उद्धार गरिएको हो। उद्धारपछि उनको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

पछिल्लो समय त्रिशूली नदी आसपासका क्षेत्रमा जारी उद्धार अभियानका क्रममा लगातार मानिसहरूलाई जीवितै उद्धार गरिएको छ। यसअघि नेपाली सेनाले अपर त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार गरेको छ।

त्यस्तै, हिजो त्रिशूली–३ ए को सुरुङबाट पनि दुई जनाको जीवितै उद्धार गरिएको थियो। बाढी र पहिरोका कारण सुरुङ तथा घरहरूमा फसेकाहरूको खोजी र उद्धार कार्य जारी छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।