२०८३ भाद्र २३ गते मंगलवार
२०८३ भाद्र २३ गते मंगलवार

जेनजीसँगको १० बुँदे सम्झौता कार्यान्वयन गर्न सांसद जगदीश खरेलको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं प्रवक्ता जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा भएका सहमतिहरू कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मङ्गलवार ललितपुरमा जेनजी शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । आफू अन्तरिम सरकारको प्रवक्ता र सञ्चारमन्त्री भएको समयमा जेनजी अभियन्ताहरूसँग निकै मेहनतका साथ १० बुँदे सम्झौता गरिएको स्मरण गर्दै सांसद खरेलले उक्त सम्झौताको कानूनी हैसियत महत्वपूर्ण रहेको उल्लेख गरे ।

सो सम्झौतालाई कतिपयले ‘कागजको टुक्रा’ को संज्ञा दिए पनि सरकारले राजपत्रमा प्रकाशित गरेर त्यसलाई वैधानिकता दिएको उनको भनाइ छ ।

सम्बोधनका क्रममा खरेलले वर्तमान गृहमन्त्री स्वयं सोही आन्दोलनको नेतृत्वदायी पृष्ठभूमिबाट आएकाले आन्दोलनको मर्म र भावना बुझ्न सहज हुने विश्वास व्यक्त गरे । ‘आज गृहमन्त्री र प्रधानमन्त्री दुवैले यसको मर्म बुझ्नुभएको छ । जेनजी शहीदहरूले बगाएको रगत र उनीहरूको त्यागका कारण आज हामी यो अवस्थामा छौँ । त्यसैले आन्दोलनका क्रममा भएका सहमति र शहीद तथा घाइतेहरूको हकअधिकारका लागि सरकार दृढताका साथ अघि बढ्नुपर्छ’ उनले भने ।

सांसद खरेलले जेनजीका मुद्दाहरू सम्बोधन गर्ने र आन्दोलनकारीका माग पूरा गर्ने सन्दर्भमा सरकारलाई आफ्नो तर्फबाट र पार्टीको तर्फबाट निःशर्त समर्थन र सहयोग रहने प्रतिवद्धता समेत जनाए । सो क्रममा उनले जेनजी आन्दोलनका शहीदहरूको सपना साकार पार्न सरकारलाई कुनै पनि दुविधामा नपरी अघि बढ्न सुझाव दिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।