२०८३ आश्विन १९ गते सोमबार
२०८३ आश्विन १९ गते सोमबार

गगनलाई रविको सुझाव- ‘कचकच गर्ने’ साथीहरूलाई फकाउनुभन्दा छोडिदिनु नै उचित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली काँग्रेसको संस्थापन इतर पक्षमाथि लक्षित गर्दै पार्टीभित्र निरन्तर विरोध र असन्तुष्टि जनाउने नेताहरूलाई फकाएर राख्नुभन्दा अलग हुनु नै उपयुक्त हुने टिप्पणी गरेका छन् ।

काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले काँग्रेसभित्रको आन्तरिक किचलो र नेतृत्वप्रति गरिने आलोचनाप्रति व्यङ्ग्य गरेका हुन् ।

उनले पार्टीभित्र सधैँ ‘कचकच र गनगन’ गर्ने प्रवृत्तिले समग्र संगठनको ऊर्जा नष्ट गरिरहेको जिकिर गरे । लामिछानेले आफूले थापालाई राजनीतिक जीवनमा ‘दोस्रो गुन’ लगाएको दाबी गर्दै त्यसलाई मान्ने वा नमान्ने जिम्मा स्वयं थापाकै भएको बताए ।

उनले भने, ‘कहिलेकाहीँ पार्टीभित्र बसेर निरन्तर कचकच, गनगन र असन्तुष्टि व्यक्त गरिरहने साथीहरूलाई बारम्बार फकाउँदै आफ्नो सम्पूर्ण ऊर्जा खर्च गर्नुभन्दा, आवश्यक परे छोडिदिनु नै उचित हुन्छ । यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुण पनि दिएको छु। मान्ने–नमान्ने जिम्मा उहाँकै हो ।’

काँग्रेसको संस्थापन इतर समूहमाथि भइरहेको दबाब र त्यसलाई व्यवस्थापन गर्ने क्रममा नेतृत्वले खर्चनुपर्ने समयप्रति उनले कटाक्ष गरेका हुन् ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।