नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आफूविरुद्ध टिप्पणी गरिएको भन्दै प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन् ।

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा विभिन्न वक्ताले प्रधानमन्त्री शाहप्रति टिप्पणी गरेका थिए । त्यसपछि प्रधानमन्त्री शाहले फेसबुकमार्फत व्यंग्यात्मक शैलीमा प्रतिक्रिया दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्!’

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेसका नेता तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो । उद्घाटन समारोहमा बोल्ने क्रममा केही वक्ताले प्रधानमन्त्री शाह र उनको नेतृत्वमा रहेको सरकारका विषयमा टिप्पणी गरेका थिए।











