२०८३ आश्विन १९ गते सोमबार
२०८३ आश्विन १९ गते सोमबार

कांग्रेस महामन्त्रीमा रञ्जित कर्णको उम्मेदवारी, कस्तो छ उनको राजनीतिक योगदान ?

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको सरगर्मी चुलिँदै गर्दा पार्टीको भावी दिशा तय गर्ने नेतृत्वका लागि नयाँ र रूपान्तरणकारी अनुहारहरूको खोजी तीव्र बनेको छ । यही वैचारिक र सांगठनिक मन्थनका बीच इञ्जिनियरिङ शिक्षाका बौद्धिक व्यक्तित्व, नेविसङ्घका पूर्वअध्यक्ष एवं पूर्वसभासद रञ्जित कर्णले महामन्त्री पदमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गर्दै कांग्रेस राजनीतिमा छुट्टै उत्साह र तरङ्ग पैदा गरिदिएका छन् ।

सप्तरीको राजविराजबाट सुरु भएको निष्ठावान् राजनीतिक यात्रा, पुलचोक क्याम्पसबाट हासिल गरेको सहरी योजनाको प्राविधिक ज्ञान, अनि संविधान सभा र राष्ट्रियसभामा खेलेको परिपक्व संसदीय भूमिका—यी तीन मुख्य खम्बा नै कर्णलाई समकालीन कांग्रेस राजनीतिमा अन्य दाबेदारभन्दा भिन्न, बौद्धिक र नतिजामुखी नेताका रूपमा उभ्याउने बलिया आधार हुन् ।
सप्तरीको राजविराजबाट सुरु भएको राजनीतिक पृष्ठभूमि, बौद्धिक क्षमता र उच्च संसदीय अनुभवका आधारमा कर्णले पार्टीभित्र सांगठनिक पुनर्जागरण र पुस्तान्तरणको एजेन्डासहित महामन्त्रीमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

रञ्जित कर्ण केवल राजनीतिक कार्यकर्ता मात्र होइनन्, उनी प्राविधिक रूपमा दक्ष र बौद्धिक व्यक्तित्व पनि हुन् । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान पुलचोक क्याम्पसबाट आर्किटेक्चरमा स्नातक, र सहरी योजनामा स्नातकोत्तर तह पूरा गरेका कर्णले अध्ययन र राजनीतिलाई सँगसँगै अघि बढाएका हुन् ।

उनको राजनीतिक यात्रा २०४० को दशकको उत्तरार्धबाट सुरु भएको हो । २०४४ सालमा राजविराजस्थित राजदेवी माध्यमिक विद्यालयमा नेविसङ्घको एकाइ अध्यक्ष, २०४६ मा ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जको विज्ञान संकाय अध्यक्ष र २०५१ मा त्रि–चन्द्र क्याम्पस काठमाडौँमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्यका रूपमा उनको राजनीतिक जग बस्यो ।
पुलचोक क्याम्पसमा २०५३ मा स्ववियु सचिव र २०५६ देखि २०५८ सम्म स्ववियु अध्यक्ष निर्वाचित भई उनले प्राविधिक विद्यार्थीहरूको हकहित र शैक्षिक सुधारमा नेतृत्वदायी भूमिका निर्वाह गरे ।
२०५८ सालमा नेविसङ्घको केन्द्रीय सदस्य बनेका कर्ण, (२०६०–२०६२ सम्म उपाध्यक्ष , ६४ सालसम्म महामन्त्री हुँदै २०६९ देखि २०७३ सम्म नेविसङ्घको केन्द्रीय अध्यक्ष बने ।
उनको नेतृत्वमा नेविसङ्घले देशभरका क्याम्पसहरूमा शैक्षिक समानता, स्ववियु निर्वाचनको नियमितता, त्रिभुवन विश्वविद्यालयको प्रशासनिक सुधार र विद्यार्थी हकहितका पक्षमा सशक्त आन्दोलन सञ्चालन ग¥यो ।

लामो समयदेखि हुन नसकेको नेविसङ्घको महाधिवेशन सम्पन्न गराई भ्रातृ संस्थाभित्र सांगठनिक अनुशासन र गतिशीलता ल्याउन कर्णले खेलेको भूमिकालाई पार्टीभित्र महत्त्वपूर्ण मानिन्छ।
नेपाल बाहिर पनि अन्तर्राष्ट्रिय युवा तथा शैक्षिक कार्यक्रमहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका कर्णसँग अन्तर्राष्ट्रिय सम्बन्ध र सांगठनिक अनुभव रहेको छ ।

उनले सन् २००१ मा जर्मनीको इलुमानियाबादमा आयोजित ’इन्टरनेसनल युथ फेस्टिभल’मा सहभागिता जनाए । २०१२ मा ’डेमोफिनल्यान्ड’द्वारा आयोजित ’नेपाल–फिनल्यान्ड विद्यार्थी नेता अन्तरक्रिया कार्यक्रम’ र सोही वर्ष लन्डनमा आयोजना भएको ’अन्तर्राष्ट्रिय विद्यार्थी नेता शिखर सम्मेलन’मा सहभागिता जनाएर अनुभव बटुलेका छन् ।

यसबाहेक फिनल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी, भारत, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका जस्ता देशहरूको भ्रमण गरिसकेका कर्ण पत्रपत्रिकाहरूमा राजनीतिक अर्थशास्त्र, लोकतान्त्रिक मूल्य–मान्यता र पार्टीको आन्तरिक लोकतन्त्रका विषयमा विश्लेषणात्मक लेखहरू लेख्ने बौद्धिक नेताका रूपमा चिर परिचित छन् ।

कर्ण सडक र संगठनका नेता मात्र नभई संसद्मा नीतिगत बहस र कानुन निर्माण प्रक्रियामा प्रभावकारी भूमिका निर्वाह गर्ने परिपक्व राजनीतिज्ञ हुन् ।दोस्रो संविधानसभामा समानुपातिक प्रणालीमार्फत सभासद बनेका उनले नेपालको संविधान २०७२ निर्माणका क्रममा समावेशी लोकतन्त्र, मधेसी तथा पछाडि पारिएका समुदायको अधिकार र युवा नेतृत्वको प्रतिनिधित्व सुनिश्चित गराउन महत्त्वपूर्ण भूमिका खेले ।

संसद्को माथिल्लो सदन राष्ट्रियसभामा जनसरोकारका मुद्दा, सुशासन, संघीयताको प्रभावकारी कार्यान्वयन र नीतिगत सुधारका विषयमा उनले निरन्तर प्रखर आवाज उठाउँदै आएका छन् ।

“वैचारिक स्पष्टता, सांगठनिक सुदृढीकरण र समावेशी कांग्रेस“ को नारासहित १५ औँ महाधिवेशनमा महामन्त्री पदका लागि अघि सरेका कर्णले सांगठनिक चुस्तता, २१ औँ शताब्दीको समाजवाद, युवा सहभागिता, अनुसन्धान र विचारमा आधारित राजनीतिलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् ।

विद्यार्थी राजनीति, इञ्जिनियरिङ क्षेत्रको प्राविधिक ज्ञान, संविधान सभा र राष्ट्रियसभाको लामो अनुभव, मधेस तथा राष्ट्रिय राजनीतिमा बलियो पकड एवं वैचारिक स्पष्टताका कारण नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा रञ्जित कर्णको महामन्त्री पदको दाबेदारीलाई पार्टीभित्र विशेष चासो र सम्भावनाका साथ हेरिएको छ ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।