२०८३ आश्विन १९ गते सोमबार
२०८३ आश्विन १९ गते सोमबार

कांग्रेस महामन्त्रीमा सुनिल शर्मा बलियो दाबेदार, तीनमध्ये एक महामन्त्रीमा बाजी मार्लान् ?

नेपाली कांग्रेसको १५ औं अधिवेशन काठमाण्डौको खुलामंचमा चलिरहेको छ। सभापतिमा गगन थापाको जित अकाट्य जस्तै देखिंदा यता विधान संशोधन गरेर वरिष्ठ उपसभापति देखि महामन्त्री र सह-महामन्त्री सम्म कोटा थपिएका छन्। त्यसमध्य पनि कांग्रेस भित्र शक्तिशाली मानिने महामन्त्री पदमा कसले वाजी मार्छ भन्ने बहस चलेको छ।

तिन महामन्त्री मध्य एउटा नाम शक्तिशाली सम्भावित उम्मेदवारको नामका रुपमा सुनिल शर्माको नाम अहिले सबै भन्दा चर्चामा छ। त्यसो त सुकुम्वासी परिवारमा जन्मिएका डा सुनिल शर्माको जीवनको संघर्षको लामो कथा बन्न सक्छ । स्वास्थ्य सेवा क्षेत्रको टाइकोनको रुपमा आफ्नो परिचय बनाएका सुनिलको राजनीतिक पृष्ठ भूमि र योगदानको विगत पनि राजनैतिक आन्दोलनको रापबाट आएको व्यक्तिका रुपमा समेत परिचित छ । शसस्त्र द्वन्दकालमा गिरिजा प्रसाद कोइराला र प्रचण्डको वार्तालाप गराउने प्रमुख सूत्राधार पात्र भएर डा सुनिलले महत्वपूर्ण भूमिका मात्रै निर्वाहा गरेनन् । राजाको प्रत्यक्ष शासनमा गिरिजा प्रसाद कोइराला र सुजाता कोइरालालाई भारतको नयाँ दिल्ली सम्म लैजाने भूमिकामा समेत सुनिलले नै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । युद्दको आगोको लप्कामा जलिरहेको देशलाई निकास दिन कांग्रेसको सिपाही भएर गिरिजाप्रसाद कोइराला र प्रचण्ड सम्म भेटघाटको चाजोपाजो मिलाएका सुनिलले कहिल्यै नेतृत्वको नजिक भएकै आधारमा राजनैतिक लाभ लिएनन् ।

व्यावसायिक यात्रा संगै काङ्ग्रेसको सक्रिय राजनीतिमा होमिएका सुनिलले २०८९ सालको निर्वाचनमा कांग्रेसबाट सबै भन्दा लोकप्रिय मत सहित मोरङ ३ बाट निर्वाचित भएका थिए। जुन निर्वाचन क्षेत्र कम्यूनिष्टको आधार इलाकाको रुपमा परिचित थियो । सुनिल शर्माले कांग्रेस सरकारमा हुँदा समेत मन्त्री बन्न र शासन सत्ताको लाभ लिन कांग्रेस नेतृत्व संग कुनै सम्झौता गरेनन्। बरु कांग्रेस भित्रकै प्रतिपक्षको भूमिकामा आफूलाई शशक्त रुपमा उभ्याए। सत्ता सिन नेताका भ्रष्टाचारका काण्डको बारेमा भण्डाफोर गर्दा बहालवाल सांसदलाई सिआइवी लगाएर हिरासतमा लिने काम समेत तत्कालिन सत्ताले सुनिल माथि गर्यो। जसको संसदमा तत्कालिन समयको प्रतिपक्षले नै चर्को विरोध गरेपछि प्रचण्ड नेतृत्वको कांग्रेस सम्मेलित सरकार लज्जित हुनुपरेको थियो।

डा सुनिल सर्माले आफ्नो ब्यक्तिगत फाइदाका लागि कहिल्यै कसैसंग सम्झौता गरेनन्। हिरासत भित्रको चिसो छिडिमा सुत्नु पर्दा समेत जनता र मूलुकका लागि बोले,सत्ता संग न डराए न झुके।

डा सुनिल शर्मा स्वास्थ्य सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसदमा टेवल गराए जुन विधेयक पारित भएको खण्डमा संविधानले सुरक्षीत गरेको निशुल्क स्वास्थ्य सम्बन्धी अधिकार नेपाली जनताले पाउने लगालग फिक्स थियो। तर अफसोस उक्त विषय जेनजी आन्दोलन पछि गुमनाम पारियो।

नेपालका आद्नोलन होस् या प्राकृतिक विपत्ति सबैमा घाइते देखि अशक्त र गरि असाहयको उपचार निशुल्क गरिदिने दया र करुणाका पर्याय सुनिल शर्मा बनेका छन्।

बादी समुदाय पहिलो डाक्टर बनाउने सुनिल शर्मा भोटेकोशी बाढीमा पैसा बगाएर श्रीमतीको किड्नी ट्रान्सप्लाण्ट गर्न नपाएर छट्पटाएकाको निशुल्क उपचार गरिदिने सुनिल शर्मा देशका दुरदराजमा स्वास्थ्य शिविर निशुल्क चलाएर देश स्वस्थ बनाउने आन्दोलन चलाउने सुनिल शर्मा।

डा सुनिल शर्मा मेडिकल उधमी र भन्दा अधिक राजनीतिज्ञ भएका छन्। विशेष महाधिवेशनको मन्चबाट परिवर्तनको शंघघोष गर्ने डा सुनिल पुस्तान्तर र रुपान्तरणका बलियो पक्षधर बनेर मात्रै उभिएनन बरु आफै नेतृत्व हाक्ने कसरतमा हिमोएका छन्।

कांग्रेस पार्टी भित्र होस् या वाहिर भ्रष्टाचार र कुशासनको विरुद्ध शक्तिशाली आवाज सडक देखि सदन सम्म बोल्ने सुनिल शर्मा महामन्त्री पदका सबै भन्दा बलिया उम्मेदवार भनिएको छ। त्यसो त कांग्रेसका महाधिवेशन प्रतिनिधि विवेक र राजनैतिक चेतनाका हिसावले अव्वल हुने भएकाले पनि महामन्त्रीमा डा सुनिल शर्माले जित्ने सम्भावना प्रवल भएको आंकलन गर्न सकिन्छ। कांग्रेसका कार्यकर्ताले न्याय गर्छन्। समयको पदचापलाई बुझ्छन् भनिन्छ। सोहि कारण पनि ८० बर्षको शेरबहादुर देउवा बाट नेतृत्व ५० बर्षमा गगनमा रुपान्तरण गरे। पुस्तान्तरण गरे। परिवर्तनको पक्षमा उभिए। कांग्रेसी कार्यकर्ताको न्यायको तराजुमा डा सुनिल शर्माको पल्ला कति भारि छ त्यो भने हेर्न बाकि छ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।