२०८३ कार्तिक ११ गते मंगलवार
२०८३ कार्तिक ११ गते मंगलवार

ह्यारी केनले जिते सन् २०२६ को बालोन डी’ओर अवार्ड

इंग्लिस स्ट्राइकर ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । बायर्न म्युनिख र इंग्ल्यान्डका कप्तान केनले उत्कृष्ट प्रदर्शनसहित करिअरकै पहिलो पटक फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड जितेका हुन् ।

केन २५ वर्षपछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन् । यसअघि सन् २००१ मा माइकल ओवेनले यो अवार्ड जितेका थिए ।

सोमबार लन्डनमा आयोजित समारोहमा अवार्ड ग्रहण गरेपछि केनले आफू लगभग नि:शब्द भएको प्रतिक्रिया दिए । उनले आफूलाई मत दिने सबैलाई धन्यवाद दिँदै यस वर्ष प्रतिस्पर्धा निकै कठिन रहेको बताए ।

सन् २०२३ मा टोटेनहम हट्सपर छाडेर बायर्न म्युनिख पुगेका केनले २०२५/२६ सिजनमा करिअरकै उत्कृष्ट प्रदर्शन गरे । उनले बायर्नका लागि सबै प्रतियोगितामा ५१ खेल खेल्दै ६१ गोल गरे । उनको उत्कृष्ट प्रदर्शनमा बायर्नले घरेलु लिग र कप दुवैको उपाधि जित्यो ।

केनले क्लब र राष्ट्रिय टोलीबाट गरी सिजनभर कुल ७३ गोल गरेका थिए। विश्वकपमा पनि उनले ६ गोल गर्दै इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए ।

यस वर्षको बालोन डी’ओरका लागि किलियन एम्बाप्पे र लामिन यामलजस्ता खेलाडीसँग उनको प्रतिस्पर्धा थियो । तर, निरन्तर उत्कृष्ट प्रदर्शनका आधारमा केनले अवार्ड आफ्नो नाममा पारे ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।