२०८३ मंसिर ४ गते बिहीबार
२०८३ मंसिर ४ गते बिहीबार

प्रहरीले भन्यो- इनम सापकोटा प्रतिवादी रहेको मुद्दामा अनुसन्धानका विवरण दिएका छैनौँ

जिल्ला प्रहरी परिसर काठमाडौँले इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण वा सूचना कुनै व्यक्ति वा पक्षलाई उपलब्ध नगराएको जनाएको छ ।

अनुसन्धान अधिकृतको हवाला दिँदै विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति परिसरले ध्यानाकर्षण भएको जनाएको हो ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले मंसिर २ गते जारी गरेको विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्ध नरहेका मोबाइल लोकेसनलगायतका अप्रमाणित विवरण सार्वजनिक भएको उल्लेख छ । त्यस्ता सामग्रीले अनुसन्धानलाई प्रभावित पार्न र सर्वसाधारणमा भ्रम सिर्जना गर्न सक्ने प्रहरीको भनाइ छ ।

परिसरले प्रचलित कानुन र प्रक्रियाअनुसार अनुसन्धान भइरहेको जनाउँदै मुद्दासम्बन्धी सूचना प्रकाशन वा प्रसारण गर्नुअघि त्यसको आधिकारिकता पुष्टि गर्न आग्रह गरेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।