नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का उत्कृष्ट नेपाली खेलाडी घोषित भएका रिजन ढकालले ओमोडाको कार जितेका छन् ।

चितवन राइनाेजका खेलाडी रिजनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै उक्त उपाधि जितेका हुन्। उनले प्रतियोगिताका क्रममा कुल १७ विकेट लिएका थिए।
प्रतियोगितामा निरन्तर प्रभावशाली बलिङ गरेका रिजनले विपक्षी टोलीका ब्याटरलाई दबाबमा राख्दै आफ्नो टोलीको सफलतामा महत्त्वपूर्ण योगदान दिएका थिए।

उत्कृष्ट प्रदर्शनका आधारमा प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी घोषित भएका उनले पुरस्कारस्वरूप ओमोडाको कार प्राप्त गरेका हुन् ।











