काठमाडौ, २ साउन । नाकाबन्दीको समयमा उपत्यका बाहिरबाट ल्याइएका ग्यास सिलिन्डर आजदेखि साटिने भएको छ । ७ वटा ग्यास उद्योगले सिलिन्डर साट्ने बताएका छन् । एलपी ग्यास उद्योग संघका अनुसार एभरेस्ट र सुगम ग्यास उद्योग प्रालिले शक्ति, सहारा, मेची, त्रिशक्ति, कन्काई, रिजालको भान्छा, कामाख्या, प्रिमा ग्यास ब्रान्डको सिलिन्डर साट्ने छ । ती सिलिन्डरहरू काठमाडौको बल्खुबाट सट्टापट्टा गर्न सकिनेछ ।
श्रीराम ग्यास प्रालिले ललितपुरको हरिसिद्धिबाट कोसी, नोबेल र जानकी ब्रान्डको ग्यास सट्टापट्टा गर्ने छ । मनोज ग्यास उद्योग प्रालिले जगदम्बा, सुपर, लियो र अम्बर ब्रान्डको ग्यास साट्ने छ । ती ग्यास सिलिन्डर सर्वसाधारणले कलंकीबाट लिन पाउने जनाएको छ । यस्तै सगरमाथा ग्यास उद्योगले पेप्सीकोलाबाट राप्ती, भेरी, न्युभेरी, मनकामना, आदेश, रेडियन्ट ब्रान्डको ग्यास सिलिन्डर साट्ने छ । नेपाल ग्यास उद्योगले बालाजुबाट नेपाली नारायणी ब्रान्डको सिलिन्डर साट्ने संघले जनाएको छ । जिल्लाबाट ल्याइएका सिलिन्डर उपत्यकामा साट्दा बिक्रेताले चर्को मूल्य असुलेको गुनासो बढेपछि संघले सिलिन्डर साट्न लागेको संघले जनाएको छ ।