२०८२ बैशाख १६ गते मंगलवार
२०८२ बैशाख १६ गते मंगलवार

रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिबेदन आज पेस गरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि भएको अनुसन्धानको प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा पेस गरिने भएको छ । 

 लामिछानेमाथि प्रहरी छानबिन सकिए पछि सम्भवतः आजै अदालतमा मुद्दा दर्ता गरिने भएको छ । लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारिएकाले सम्भवतः तीनवटै मुद्दा एकै पटक दर्ता हुनेछ ।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सोमबार नै लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिनेछ । त्यसपछि सरकारी वकिल कार्यालयले सम्भवतः सोमबार नै अदालतमा लामिछानेलाई उभ्याउने छ । 

कास्की प्रहरीका अनुसार लामिछाने बिरूद्द सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा किर्ते र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउँन लागेको हो ।

संघीय संसदका सांसद सुर्य थापा नेतृत्वको सहकारी बिशेष छानबिन समितिले लामिछाने सहकारी प्रकरणमा संलग्नता देखिएको भन्दै प्रचलित कानून बमोजिम कारबाही गर्न सिफारिस गरे पछि उनी कार्तिक २ मा पक्राउ परेका थिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।