२०८१ माघ २९ गते मंगलवार
२०८१ माघ २९ गते मंगलवार

त्रिविको जग्गा फिर्ता आउँछ, हिनामिना गर्ने कारबाहीमा पर्छन् : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा फिर्ता ल्याइने बताएका छन् । आज (बुधबार) सामाजिक सञ्जालमार्फत ललिता निवासको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्रिविको जग्गा पनि त्रिविकै नाममा ल्याइने प्रतिवद्धता जनाएका हुन् ।

‘एउटा संयोग–२०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न मन्त्रिपरिषद्बाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेका थियौँ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको छ ।’

त्यसपछि त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोग पनि त्रितालको नेतृत्वमा समिति बनेको प्रधानमन्त्री ओलीले लेखेका छन् । ‘आयोगको अध्ययन प्रतिवेदन हिजो (मङ्गलवार) प्राप्त भएको छ । शारदाप्रसाद त्रिताल अस्वस्थ हुनुहुँदोरहेछ । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ,’ प्रधानमन्त्री ओलीले अगाडि लेखेका छन् ।

‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउने छन्,’ प्रधानमन्त्री ओलीले त्यसपछि लेखेका छन्, ‘आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने छ ।’ आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिने प्रधानमन्त्री ओलीले भनेका छन् । ‘हात हालेपछि यसलाई टुङ्गोमा पुर्‍याएरै छाडिने छ,’ प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।