भाजपा नेता बजपालको हत्या प्रयास ,अवस्था नाजुक ।

0
652

 नयाँ दिल्ली ,भारत  ।   भारत उत्तर प्रदेशको गाजियावादमा भारतीय जनता पार्टीका एक वरिष्ठ नेतामाथि गोलि प्रहार भएको छ। । गोली लागेर नेता बजपाल र उनका सुरक्षागार्ड गम्भीर घाइते भएका छन् ।   ‘उनीहरुलाई नोएडाको के फोर्टिस अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ र उनिहरुको अवस्था निकै नाजुक रहेको बीबीसीले जनाएको छ । नेता बजपाल तेवतियालाई लक्षित गरी एके ४७ राइफल मार्फत् गोली चलाइएको थियो ।  उत्तर प्रदेश प्रहरी अधिकारीका अनुसार बिहीबार राति अबेर दुईवटा गाडीमा आएका व्यक्तिहरुले नेता बजपालमाथि अचानक गोली चलाएका थिए । उनीहरुले बजपालको गाडीलाई घेरेर एके४७ र पिस्तोलले धेरैबेरसम्म अन्धाधुन्द गोली चलाएका थिए । जवाफमा नेता बजपालको अंगरक्षकले पनि धेरैबेर फायर गरेका थिए । घटनामा भाजपा नेता र उनका अंगरक्षकसहित सात जना घाइते भएका छन् । आक्रमण लगत्तै सबै आक्रमणकारी भाग्न सफल भएका छन् । प्रहरीले अनुसन्धान जारी राखेको छ र छिट्टै आक्रमणकारी पक्राउ पर्ने जनाएको छ ।