२०८१ माघ ९ गते बुधबार
२०८१ माघ ९ गते बुधबार

टिकटक बनाउने क्रममा तेह्रथुममा दुईजनाको मृत्यु

तेह्रथुममा टिकटक बनाउने प्रयास गर्दा दुई जनाको मृत्यु भएको छ।

शनिबार, तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-५ मा रहेको गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भट्टराईको ज्यान गएको हो।

घटनाको दिन विद्यार्थीहरूको टोली खोरुङ्गा खोलामा नुहाउन गएको थियो। नुहाउने क्रममा शिक्षिका र दुई छात्रा टिकटक भिडियो बनाउनका लागि खोलाको खोंचतर्फ गएका थिए। भिडियो खिच्ने क्रममा रविना र सुस्मिता खोंचमा खसेका थिए। घटनास्थलमै दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डीएसपी चिनिमाया तामाङले जानकारी दिइन्।

उनका अनुसार फोटो र भिडियो खिच्ने क्रममा लडेको देखिएको छ। डीएसपी तामाङले भनिन्, “नुहाउने क्रममा विद्यार्थी र शिक्षिका अलि पर जानुभएको रहेछ। दुई जना लडेको खबरपछि जानुभएको विद्यार्थीहरूले घटनाको जानकारी ल्याउनुभयो। तर, सँगै गएका विद्यार्थीहरू आत्तिएका कारण सबै विवरण अझै प्रष्ट भइसकेको छैन।”

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।