चितवनमा अहिले सम्मकै ठूलो परिमाणको लागुऔषध बरामद ।

0
823

चितवन, २१ भदौ । चितवनको मुग्लिनमा आज बिहान ठूलो मात्रामा लागुऔषध चरेस बरामद भएको छ ।

मध्यक्षेत्र अनुसन्धान ब्युरो र जिप्रका चितवनले सुराकका आधारमा २८२ किलो चरेस नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना३ख ६२५२ नंको ट्रकमा १४ वटा बोरामा २८२ वटा पोका पारिएको अवस्थामा चरेस नियन्त्रणमा लिइएको हो ।chares

ट्रकका चालक मकवानपुर जिल्ला नामटार गाविस–९ का ३० वर्षीय कुमार गोलेलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । अबैध लागु औषधको ओसार पसारमा संलग्नहरुको खोजी भैरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।