२०८१ माघ ९ गते बुधबार
२०८१ माघ ९ गते बुधबार

एनपीएल फाइनलपछि मैदान बाहिर युवकलाई कुट्ने दुई जना पक्राउ

काठमाडौं- एनपीएल क्रिकेटको फाइनल खेलपछि अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका-२ घर भई कीर्तिपुर बस्ने २१ वर्षिय अशोक साउद र सोही जिल्लाकै दिपायल सिलगढी नगरपालिका-१ का १९ वर्षिय गणेश साउद छन् ।

त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेका थिए । सो कुटपिटमा संलग्न रहेको आरोप उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुमाथि अपमानजनक शब्द प्रयोग गरेको र साम्प्रदायिक सद्भभाव बिगार्न खोजेको आरोप छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी जारी रहेको काठमाडौं प्रहरीले जनाएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।