२०८१ माघ ८ गते मंगलवार
२०८१ माघ ८ गते मंगलवार

जनकपुर बोल्ट्सले आजदेखि ट्रफी परेड गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको विजेता जनकपुर बोल्ट्सले आजदेखि ट्रफी परेड गर्ने भएको छ। 

गएराति जनकपुर पुगेको विजेता टोलीले पहिलो दिन आज जनकपुरधामस्थित राम जानकी मन्दिरमा ट्रफी प्रदर्शन गर्नेछ। त्यहाँबाट सुरु हुने परेड जनकपुरकै रामानन्द चोक, पिडारी चोक, भानु चोक, जिरो माइल हुँदै रामजानकी क्रिकेट मैदानमा पुगेर समापन हुनेछ। 

जनकपुर बोल्ट्सका अनुसार ट्रफी परेड मधेस प्रदेशका अरु जिल्लामा पनि हुनेछ । त्यसैअनुसार दोस्रो दिन भोलि महोत्तरी, सप्तरी र रौतहट जिल्लामा पुग्ने कार्यक्रम छ भने तेस्रो दिन बारा र पर्सामा परेड गरिनेछ। यस्तै चौथो दिन सिरहा र सप्तरीमा कार्यक्रम आयोजना गरी ट्रफी परेड पूरा गरिने जनकपुर बोल्ट्सले जनाएको छ। 

पुस ६ गते सम्पन्न भएको एनपीएलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि चुमेको थियो । जनकपुरले ट्रफीसहित एक करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।