नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य रहेका डा.सुनिल शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आईरहेका छन् ।
लाखौं गरिब जनतालाई स्वास्थ्यमा पहुँच होस भनेर सासंद शर्माले स्वास्थय सेवा प्रदान गर्दै आईरहेका छन् । डा.शर्माले त्यसका लागि बेग्ला बेग्लै ठाउँमा नि:शुल्क शिविर चलाउँछन् ।स्वास्थ्य शिविरमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र विराटनगरको नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको ब्यवस्था मिलाउँदै आएका छन्।
यसैबीच सर्लाही जिल्लाको गरिब परिवारकी पुनिता मिस्त्री र उनका दुई छोरा केही समयअघि मधेश प्रदेशमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सहभागी भएका थिए । शिविर नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज (केएमसी) को सहयोगमा सासंद डा. शर्माको पहलमा आयोजना गरिएको थियो।
शिविरमा चिकित्सकले बिटू मिस्त्रीको स्वास्थ्य परीक्षण गरेपछि थप उपचारका लागि काठमाडौं मेडिकल कलेजमा रिफर गरे। काठमाडौं पुगेर उनको थप उपचार प्रक्रिया अघि बढाईयो । बिटूको थाइराइड ग्रन्थीमा क्यान्सर भएको पत्ता लाग्यो। आर्थिक अवस्था अत्यन्तै कमजोर भएकी पुनिता मिस्त्रीले सांसद डा. शर्मासँग भेट गरिन्। असाहय तथा गरिब परिवारलाई उपचारमा सहयोग गर्दै आईरहेका सासंद डा. शर्माले बिटूको सम्पूर्ण उपचार, औषधि, खानपान र बसोबास निःशुल्क गरिदिए।
बिटूको सफल शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार आईसकेको छ । आफ्ना परिवारका सदस्यको उपचारम सहयोग गरेका सासंद डा.शर्मा प्रति मिस्त्रीको परिवार कृतज्ञ छन् । उपचार पछी पुनिता मिस्त्री खुसी हुँदै भन्छिन-‘हाम्रो लागि डा. सुनिल शर्मा भगवान् हुन्’
काँग्रेसबाट प्रतिनिधि सभा सदस्यता रहेका डा. शर्मा प्रतिनिधि सभाका तलब भत्ता नलिने घोषणा गरेका सांसद हुन्। उनले आफू राजनीतिमा कमाउन नभएर सेवाका लागि आएको भन्दै सांसदबाट पाउने तलब भत्ता नलिई निर्वाचन क्षेत्रका विपन्न जनता तथा परोपकारी संस्थाहरुलाई प्रदान गर्ने गरेका छन्।
सांसद शर्माले आफ्नो अग्रसरतामा पूर्वी नेपालदेखि सुदूरपश्चिमका विकट स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्।
सांसद शर्माले कुनै बेला आफ्नो आर्थिक अवस्था कमजोर हुँदा आफ्ना बुबाको उपचार गर्न ऋण गरेर उपचार गरेको समेत सम्झना आउने बताउँछन्।