रास्ट्रिय सहमतिका साथ सम्बिधान संसोधन हुन्छ : प्रम दाहाल ।

0
583

 खोटाङ, २३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको कार्य सबैसंग सहकार्य गरेर मिलाउने बताउनुभएको छ ।   मध्यपहाडी लोकमार्गको निरीक्षणका लागि सदरमुकाम दिक्तेल पुग्नुभएका प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गरेर निर्वाचनमा जानेमा सरकार केन्द्रित रहेको बताउँदै ड्राफ्टको प्रक्रियाको सुरुआत सोमबार देखि मात्रै सुरु गरेकौ जानकारी दिनुभयो । नयाँ सरकार गठनपछि राष्ट्रिय सहमति गर्ने, राष्ट्रिय एकता सिर्जना गर्ने, संविधान संशोधन गरेर त्यसलाई फराकिलो बनाउने, सर्वस्वीकार्यता बढाउने र पुनःनिर्माणलाई गति दिने तथा छिमेकीसँगको सम्बन्धलाई सुधार गर्दै सुमधुर बनाउनेमा आफू केन्द्रित रहेको र सरकारले चालेको कदममा निरन्तर प्रगति पनि भइरहेकोपनि उल्लेख गर्नृुभयो । यहाँबाट प्रधानमन्त्रि आजै सङ्खुवासभा प्रस्थान गर्नुभएको छ । उहाँसँगै निमित्त मुख्य सचिव टङ्कमणि शर्मा, भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव लगायतको सहभागिता थियो ।