बजेट कार्यान्वयनमा जोड दिन अर्थमन्त्रिले दिए निर्देशन ।

0
522

काठमाण्डौँ, २३ कात्तिक । अर्थमन्त्री कृष्णबहादुर महराले बजेट कार्यान्वयनका बिषयमा सम्बद्ध विभागीय प्रमुखसँग आज छलफल गरेका छन् । चालु आवको पहिलो चौमासिक सकिनै लाग्दा कुल बजेटको १३. ८१ प्रतिशत मात्रै खर्च भएकामा अर्थमन्त्रीले अब दोस्रो चौमासिकमा विकास आयोजनाको ठेक्का सकेर काममा लाग्न निर्देशन दिएका छन्। प्रथम चौमासिक सकिन एक साता बाँकी रहँदा ऊर्जा मन्त्रालयलाई छुट्याइएको कुल विकास खर्चको १.३५ प्रतिशत मात्रै खर्च भएको बताइएको छ । छलफलका क्रममा अर्थमन्त्री महराले ऊर्जा मन्त्रालयका पदाधिकारीसँग कुरा गर्दै एक करोड बजेट छुट्याएकामा रु. एक लाख पनि खर्च नहुने अवस्था आउनु विडम्बना भएको बताए।