अमेरीकामा नयां राष्ट्रपति चयनका लागि मतदान जारी, नयाँ राष्ट्रपति ट्रम्प की हिलारी ?

0
622

अमेरीका २४ कार्तिक बीबीसी । संयुक्त राज्य अमेरिकामा, आगामी राष्ट्रपतिको रुपमा हिलरी क्लिन्टन वा डोनल्ड ट्रम्पमध्ये एकजनालाई चयन गर्न भैरहेको निर्वाचनले बिश्वको ध्यान तानेको छ ।
चरम प्रतिस्पर्धा हुने एउटा महत्वपूर्ण राज्य भर्जिनियामा रहेका बीबीसीका एक सम्वाददाताले मतदान केन्द्रहरुमा मतदाताहरुको लामो लश्कर लागेको बताए।
एकजना मतदाता एलेना रिचरले भोट खसाल्नकालागि दुई भन्टाभन्दा बढी समयसंम पर्खनुपर्ने स्थिति रहेको बताइन्।
मंगलबार मध्यराती देखि मतदान पछि गरिएको मत सर्वेक्षण (एक्जीट पोलका परिणामहरु आउन थाल्नेछन्।
मतदान
विभिन्न छ वटा समय रेखामा छरिएर रहेका पचास वटा राज्य र वाशिंगटन डीसीमा पनि मंगलबार मतदान भैरहेको छ
मतदान प्रकृया अघि बढीरहंदा राष्ट्रपति पदकी एकजना उम्मेदवार डेमोक्याट पार्टीकी हिलरी क्लिन्टनले न्यू योर्क राज्यमा मतदान गरिन्।
उनले आफूले आफैलाई मतदान गर्दा अदभुत अनुभव भएको पनि बताइन्।
उनका रिपब्लीकन प्रतिस्पर्धी डोनल्ड ट्रम्पले म्यानह्याटनमा मतदान गरेका थिए।
विभिन्न छ वटा समय रेखामा छरिएर रहेका पचास वटा राज्य र वाशिंगटन डीसीमा पनि मंगलबार मतदान भैरहेको छ।

‘इस्ट कोस्ट’ पनि भनिने देशको पूर्वी तटीय राज्यहरुमा स्थानीय समय अनुसार बिहानको ६ बजे अर्थात जीएमटी ११ बजे देखि मतदान आरम्भ भएको थियो, तर न्यू ह्याम्सर राज्यका केही ग्रामीण क्षेत्रमा भने पहिले नै मतदान भैसकेको छ।
प्रारम्भिक परिणाम

पूर्वी तटीय राज्यहरु भर्जिनिया, जोर्जीया, इन्डियाना, केन्टकी, साउथ क्यारोलाइना र भर्मण्टमा मतदान सकिन्छ र मतगणना शुरु हुन्छ।

थप दुईवटा महत्वपूर्ण राज्यहरु नर्थ क्यारोलाइना र ओहायोमा मतदान सकिन्छ।

पूर्वी तटीय राज्यहरुको संभावित मत परिणामबारे प्रक्षेपण शुरु हुन्छ।
इलेक्टोरल कलेजमा २९ मत भएको महत्वपूर्ण राज्य फ्लोरिडाको मत परिणाम आउनसक्छ। अन्य महत्वपूर्ण राज्यहरुमा पेन्सिलभानिया ९२०० र इलिनोय ९२०० छन्।

इलेक्टोरल कलेजमा ६ मत रहेको आर्कान्स राज्यमा मतदान सकिन्छ।

इलेक्टोरल कलेजमा २९ मत रहेको न्यूयोर्क राज्यको मत परिणामसंबन्धी प्रक्षेपण आउन थाल्छ।
टेक्सास, कान्सास, लुजियाना, नर्थ डकोटा लगायतका राज्यहरुमा मतदान सकिन्छ।

नेभादा, एरिजोना, युटाह तथा आयोवा लगायतका राज्यहरुको मत परिणामसंबन्धी प्रक्षेपण आउन थाल्छ।

इलेक्टोरल कलेजमा सबैभन्दा बढी अर्थात ५५ मत रहेको क्यालिफोर्नियामा मतदान सकिन्छ।
निर्वाचनको प्रारम्भिक मत परिणाम जीएमटी चार बजेबाट आउन आरम्भ हुने अनुमान छ।
सिनेटका लागि मतदान
मंगलबार नै अमेरिकीहरुले संसदको माथिल्लो सदन सिनेटको एकसय स्थान मध्य चौंतिस स्थानका लागि पनि मतदान गरिरहेका छन्।
यो मतदानको नतिजाले आगामी राष्ट्रपतिले आफ्नो कार्यकालमा के कति उपलब्धि हासिल गर्न सक्छन् भन्ने विषयमा महत्वपूर्ण प्रभाव पार्न सक्छ।
सिनेटमा हाल रिपब्लीकनहरु तीन स्थानले बहुमतमा छन्, तर यो निर्वाचनमा उनीहरुका धेरै जसो उम्मेदवारहरु जोखिममा रहेका ठानिएको छ।
रिपब्लीकनहरुको कब्जामा रहेको संसदको तल्लो सदन, हाउस अफ रेप्रिजेन्टेटिभ्स, को सबै चारसय पैंतिस स्थानका लागि पनि मतदान भैरहेको छ।
साथसाथै मतदाताहरुले १२ वटा राज्यका लागि गभर्नरहरुको पनि चयन गर्नेछन्।