२०८३ मंसिर १ गते सोमबार
२०८३ मंसिर १ गते सोमबार

धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका युवकको काठमाडौं ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-७ का ३५ वर्षीय ज्योति चौधरी रहेको प्रहरीले जनाएको छ ।

चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए ।

गम्भीर अवस्थाका उनलाई थप उपचारका लागि काठमाडौं ल्याउँदा ल्याउँदै बाटैमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले जनाएका छन् ।

काठमाडौँ । साउन महिनाको दोस्रो सोमवार आज काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।

भगवान् शिवको पूजा-आराधनाका लागि विशेष मानिने साउनको सोमवार पशुपतिनाथमा बिहानैदेखि श्रद्धालुहरूको बाक्लो घुइँचो लागेको हो । पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि बिहानैदेखि खुला गरिएको छ । दर्शनार्थीहरू हातमा जल, बेलपत्र, फूल र अक्षता लिएर दर्शनका लागि लामवद्ध भएका छन् ।

पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था तथा भक्तजनको सहजताका लागि स्वयंसेवकहरू परिचालन गरिएको छ । पशुपतिनाथका अतिरिक्त राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने माखन महादेव मन्दिरलगायतका शिवालयहरूमा पनि भक्तजनको भीड लागेको छ ।

उपत्यकाबाहिरका प्रसिद्ध धार्मिक स्थलहरू जस्तै चितवनको देवघाटधाम, धरानको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, र भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि श्रद्धालुहरूको ठूलो सङ्ख्या उपस्थित रहेको छ । धार्मिक विश्वासअनुसार साउन महिना शिवको अति प्रिय महिना हो भने सोमवार उनको विशेष दिन हो । यस दिन श्रद्धापूर्वक शिवको उपासना गर्दा पारिवारिक सुख, शान्ति र मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

विशेषगरी महिलाहरूले यस महिनामा हरियो वस्त्र र मेहेन्दी लगाएर व्रत बस्ने तथा शिवको पूजा गर्ने परम्परा रहिआएको छ । साउनको सोमवार पारेर बोलबम तीर्थालुहरूले विभिन्न नदी तथा कुण्डबाट शुद्ध जल ल्याई शिवालयहरूमा अर्पण गर्ने कार्य पनि उत्साहका साथ चलिरहेको छ ।

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच भएको झडपपछि जिल्ला प्रशासन कार्यालयले पाँच क्षेत्रमा अनिश्चित कालीन कफ्र्यु आदेश जारी गरेको छ । घटनामा सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आइतबार राति करिब १०ः१५ बजे साउने सोमबारको बोलबम यात्राका लागि हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ जाँदै थिए । सोही क्रममा डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिसँग विवाद सुरु भई झडपमा परिणत भएको थियो ।

स्थिति नियन्त्रणबाहिर गएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो । दुवै पक्षबाट ढुंगामुढा, लाठी, बाँस र भालासहित आक्रमण हुन थालेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको जनाएको छ । 

गोली नै लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिए पनि राति नै चिकित्सकले उनलाई मृत घोषणा गरेका सुनसरी प्रहरीका निमित्त प्रमुख डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

घटनामा नौ जना सर्वसाधारण घाइते पनि भएका छन् । उनीहरूको न्युरो अस्पताल, विराट नर्सिङ होम, कोशी अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

झडपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक राकेश राईसहित आठ जना तथा सशस्त्र प्रहरीका पाँच जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । 

घटनापछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज र देवानगञ्ज बजार क्षेत्र तथा देवानगञ्ज गाउँपालिका–३ अन्तर्गतको देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश लागू गरिएको प्रशासनले जनाएको छ ।

कफ्र्यु अवधिभर ती क्षेत्रमा आवतजावत, सभा, जुलुस, प्रदर्शन तथा भेला गर्न निषेध गरिएको छ। आदेश उल्लङ्घन गरे स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।