२०८३ मंसिर १ गते सोमबार
२०८३ मंसिर १ गते सोमबार

बिरालो र खरायोको खानाभित्र साढे ५ किलो हेरोइन, २२ करोडको लागुऔषधसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य बराबरको साढे ५ किलो सेतो हेरोइन बरामद गरेको छ। थाइल्यान्डबाट काठमाडौं ल्याइएको उक्त लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार शनिबार बिहान शङ्का लागेर गरिएको जाँचका क्रममा भारतीय नागरिकको लगेजबाट सेतो हेरोइन बरामद भएको हो।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भएका ५२ वर्षीय रेवराज टिघारे रहेका छन्। उनले बिरालो र खरायोको खानाको प्याकेटभित्र लुकाएर साढे ५ किलो सेतो हेरोइन ल्याएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड रुपैयाँ पर्छ। अनुसन्धान अधिकृतहरूका अनुसार सेतो हेरोइन प्रतिग्राम ४० हजार रुपैयाँका दरले कारोबार हुने गरेको छ।

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका टिघारेको अन्तर्राष्ट्रिय यात्रा विवरणसमेत शङ्कास्पद देखिएको छ। उनी यसअघि दुई पटक लाओसबाट काठमाडौं आएर भारत गएको खुलेको छ। त्यस्तै, उनले जिम्बाब्वे, सुडान, बङ्गलादेश र कम्बोडियाको भ्रमण गरेको यात्रा विवरणमा देखिएको छ।

एसएसपी बोहराका अनुसार उनी लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्तिमध्ये एक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार सेतो हेरोइनको कारोबारमा संलग्नलाई १५ वर्षदेखि जन्मकैदसम्मको कैद र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

पक्राउ परेका टिघारेमाथि सोही ऐनअनुसार थप अनुसन्धान भइरहेको एसएसपी बोहराले जानकारी दिए।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।