२०८३ मंसिर १ गते सोमबार
२०८३ मंसिर १ गते सोमबार

एनपीएल : कर्णालीसँग चितवन पराजित

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराएको छ ।

१५४ रनको लक्ष्य पछ्याएको चितवनले १२९ रन मात्रै बनाउन सक्यो । जसमा कमिल मिसराले २५, उसमा मिरले २८ रन बनाए ।

कर्णालीका हुसैन तलतले ३, पवन सराफ र मार्क वाटले २/२ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन बनायो । जसमा हुसैन तलतले ५१, अरिफूल स्लामले ३५ रनको योगदान गरे ।

चितवनका कमलसिंह ऐरी, उसमा मिर, सलाउद्दिन खानले २/२ विकेट लिए । चितवन यसअघि नै प्लेअफमा सुरक्षित छ भने कर्णाली बाहिरिसकेको छ ।

यसैगरी आज साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स आमने सामने हुनेछन् ।

प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा छ । पोखरा भने अंक तालिकाको पुछारमा छ ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।