२०८३ भाद्र २३ गते मंगलवार
२०८३ भाद्र २३ गते मंगलवार

काँग्रेसको वडा, नगर र प्रदेश अधिवेशनको कार्यतालिका परिमार्जन

नेपाली काँग्रेसले आफ्नो १५ औँ महाधिवेशनअन्तर्गत मातहतका विभिन्न तहका अधिवेशनहरूको निर्वाचन कार्यतालिका परिमार्जन गरेको छ ।

मंगलवार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन समितिको बैठकले विभिन्न तहका अधिवेशनहरूको निर्वाचन कार्यतालिका परिमार्जन गरेको हो । समितिकाक संयोजक प्रेमबहादुर खड्काले मुलुकमा आइलागेको प्राकृतिक विपत्ति र राष्ट्रिय शोकका कारण यसअघि तय गरिएको निर्वाचन तालिकामा हेरफेर गरिएको जानकारी दिए ।

संयोजक खड्काकाअनुसार यसअघि भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशन मुलुकको असहज परिस्थितिका कारण स्थगित गरिएको हो । धादिङ, नुवाकोट, नवलपरासी र चितवन लगायतका जिल्लामा बाढी र पहिरोका कारण भएको ठूलो जनधनको क्षति तथा राष्ट्रिय शोकको अवस्थालाई दृष्टिगत गर्दै निर्वाचन तालिका सारिएको समितिले जनाएको छ ।

परिमार्जित कार्यतालिकाअनुसार अब वडा अधिवेशन आगामी असोज ३ र ४ गते सञ्चालन हुनेछ । त्यसैगरी, गाउँ तथा नगरपालिकाको अधिवेशन २०८३ असोज ७ गतेका लागि तय गरिएको छ । प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते सम्पन्न हुनेछन् भने पार्टीको केन्द्रिय महाधिवेशन २०८३ असोज १६, १७, १८ र १९ गते आयोजना गरिने निर्णय भएको छ ।

विदेशस्थित जनसम्पर्क समितिहरूको हकमा, कुल २७ मध्ये हालसम्म १८–१९ वटा समितिको महाधिवेशन सम्पन्न भइसकेको र बाँकी रहेका स्थानमा आगामी असोज १० गतेभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन जारी गरिएको संयोजक खड्काले बताए ।

जिल्ला र प्रदेश अधिवेशनको तालिका भने दोस्रो चरणमा सार्वजनिक गरिने समितिले स्पष्ट पारेको छ । निर्वाचन समितिले सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका विभिन्न तहका कार्यकर्ताहरूलाई परिमार्जित तालिकाअनुसार महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन आह्वान गरेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।