यात्राको नाममा वर्षेनी ५० अर्ब रकम बारिनेको

0
258

काठमाडौं, १७ फागुन । विदेश यात्राका नाममा मात्रै मुलुकबाट वर्षेनी ५५ अर्ब रुपैयाँ भन्दा बढी रकम बाहिरिने गरेको तथ्यांक आएको छ । तथ्यांक अनुसार नेपालबाट डलर सटहीबाट मात्र वार्षिक ५५ अर्ब रुपैयाँभन्दा बढी बाहिरिन्छ । नेपालीले भ्रमणका लागि गत आर्थिक वर्ष ०७२/७३ मा ५६ अर्ब ४१ करोड रुपैयाँबराबरको विदेशी मुद्रा साटेको पाइएको छ ।  तर यही अबधीमा, विदेशी पर्यटकले नेपालमा ४१ अर्ब ४६ करोड मात्रै खर्च गरेका छन् । यसबाहेक नेपालमा एक खर्ब रुपैयाँ बराबरको अन्तर्रा्ष्ट्रिय हवाई टिकट बिक्री हुने गरेको पाइएको छ । त्यसमध्ये नेपाल वायुसेवा निगम सहित नेपाली कम्पनीको भागमा करिब १० प्रतिशत मात्र हिस्सा रहन्छ । ९० प्रतिशत विदेशी कम्पनीले नै कमाइरहेका छन् ।

सन् २०१६ मा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल प्रयोग गरेर ११ लाख ३१ हजार नेपाली बाहिरिएका छन् । तीमध्ये ४ लाख ३३ हजार वैदेशिक रोजगारीका लागि विदेश गएका छन् ।  शिक्षा मन्त्रालयका अनुसार पछिल्लो तीन वर्षयता वार्षिक औसत करिब ३० हजार हाराहारी नेपाली विद्यार्थी अध्ययनका लागि बिदेसिन्छन् । यसलाई आधार मान्दा, करीब साढे ६ लाख नेपाली व्यापार–व्यवसाय, सभा–सम्मेलन र भ्रमणका लागि विदेश जाने गर्छन्। सन् २०१६ मा विदेशबाट ७  लाख २९ हजार पर्यटक नेपाल आएका थिए ।