संघीय गणतन्त्रलाई जोगाउन मैले पदलाई बलिदानी दिएँ : डा.भट्टराई

0
582

मिठो नारासहित ल्याइएको शिशु लोकतन्त्रले विकृतिको आहालबाट गिज्याइरहेको जस्तो लाग्दैन ?
विलकुल लाग्दैन । किनकी लोकतान्त्रिक परिवर्तनको प्रक्रिया अलि लामै हुन्छ । अरु देशमा पनि दशकौं, पचासौं, सयौं वर्ष लागेका छन् । हामीकहाँ पनि करिब ७ सालको आसपासदेखि जब लोकतान्त्रिकरणको प्रक्रिया नेपालमा सुरु भयो, त्यसलाई हामीले ०६२/६३को आन्दोलनसम्म आइपुग्दा एउटा उत्कर्षमा पुर्याऔं र संविधानसभाबाट संविधान जारी गरेर संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुगेपछि त्यो ८० वर्षको लोकतान्त्रिकरणको प्रक्रिया मुलतः पूरा भएको छ । यस अर्थमा हामीले यसलाई सकरात्मक ढंगले ग्रहण गर्नुपर्छ ।