अमेरिकामा ठकुरीको खुकुरी काता प्रदर्शन

0
515

वाशिंगटन डिसी । अमेरिकन मरिन गोजु कराते दुई डान उज्जवल ठकुरीले अमेरिकामा पहिलो पटक खुकुरी काता प्रदर्शन गरेका छन् । उनले दाँतले १ सय ४० पाउण्ड उठाएर सबैलाई चकित तुल्याइ दिएका छन् ।

झन्डै डेढ दशकदेखि अमेरिकाको डीसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका ठकुरीले मार्च ११ तारिख, २०१७ मा साउथ क्यारोलिनामा आयोजना भएको ४३औँ युनिभर्सल मार्सल आर्ट्स प्रतियोगितामा ५ वटा बेजोड प्रस्तुति गरेका हुन् ।

प्रतियोगितामा करिव ३ सय खेलाडीको सहभागिता रहेको थियो । उनले प्रथम भ्यानडम शैलीमा १ मिनेटभित्र दाँतले ४० पाउण्ड उठाई २० वटा टायल्स, दोश्रो भ्यानडम शैलीमा १ सय पाउण्ड दाँतले १० सेकन्डमा, तेश्रो ठकुरीले आफ्नै शैलीमा निर्माण गरेको खुकुरी काता प्रस्तुत गरेका थिए ​।​

उनले चौथो भ्यानडम शैलीमा शरीरमा २० पाउण्ड राखी १० सेकन्डमा तेस्रो काता प्रदर्शनको गरे । अन्तिम पाँचौमा भ्यानडम शैलीमा १ सय ४० पाउण्ड दाँतले उचाली साहसिक प्रदर्शन गरेका थिए ।

उनले उक्त प्रतियोगितामा आफूभन्दा ठूलो उचाई भएको ७ फिट लामो पदक तथा ५ वटा प्रशंसा पत्र प्राप्त गरेका छन् ।