काली र वर्षा वर्ष व्यक्ति घोषित

0
495

काठमाडौं, ४ चैत्र । प्रकाशनको ८ वर्ष प्रवेशका अवसर फिल्मी साप्ताहिक पत्रिका ‘फिल्मीखबर’ ले संगीतकर्मी काली प्रसाद बास्कोटा र नायिका वर्षा राउतलाई वर्ष व्यक्तिका रुपमा सम्मान गरेको छ ।

चलचित्र ‘नाइँ नभन्नु ल ४’, ‘छक्का पन्जा’, ‘जात्रा’ जस्ता सफल चलचित्रमा काम गरेर वर्षभरी चर्चामा रहेकी वर्षालाई पत्रिकाले ‘वर्ष व्यक्ति महिला’का रुपमा र ‘रेशम फिलिली’, ‘पुरानो डुङ्गा’, ‘लुट २’ जस्ता चलचित्रका सफल संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटालाई ‘वर्ष व्यक्ति पुरुष’का रुपमा सम्मान गरेको हो ।

पत्रिका स्थापनाको ७ वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा आफू सम्मानित भएपछि कालीले गीत गाएर खुशी व्यक्त गर्दा वर्षाले सम्मानले आफूलाई अझै ऊर्जा मिलेको भन्दै आभार प्रकट गरिन ।

पत्रिकाका प्रधान सम्पादन शान्तिप्रियले आठ वर्षसम्म पत्रिका प्रकाशन गर्नु चुनौतीको विषय भएको भन्दै त्यसलाई आफूहरुले पुरा गरेको बताए । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरुको उपस्थिति थियो ।