लोकगायक नविन पौड्याललाई नुरगंगा राष्ट्रिय पुरस्कार

0
669

काठमाडौं, १५ चैत्र । सायद उनलाई आफैलाई पनि थाहा थिएन कि एक दिन म लोक सस्कृतिलाई धनि बनाउने क्रममा आफैमा एउटा खुशी साट्न पाउछु भन्ने । तर नबिन सोच,नबिन सृजना ,नबिन उत्प्रेरणा र नबिन बिचारका धनि लोक गायक नबिन पौडेलले त्यो खुसि पाउदा आफैमा भित्रैबाट दङ्ग र खुसि छन् ।पछिल्लो समय स्टेज,मेला–महोत्सब देशविदेशमा हुने विभिन्न कार्यक्रममा स्टेजका राजा भएरै नबिनको चिनार्थ छ ।

जस्ता दर्शक र श्रोता छन् त्यहि अनुसारका आफ्ना गीतहरुलाइ पस्केर झुमाउन सक्ने नबिनले बर्षमा एकदुई एल्बम आफ्नै सार्बजनिक गर्ने गर्छन,अरुको गीत खासै गाएका छैनन् । करिब दुइदशक देखिको आफ्नो कलाकारिता र गाउमा हजुरबुवा अनि बुवा साथीभाईसंग गाएको भजन गाउने त्यो ठिटो अहिले नामुक लोकदोहोरि गीतको गायक बन्दा नबिन मात्र हैन यस्ता अरु गायकलाइ पनि खुसि लाग्नु स्वाभाविक हो । आखिर खुसिको सिमा नरहेका गायक नबिन पौडेल अहिले नुरगंगा प्रतिभा पुरुस्कार गुठिले  नगद रु ३०००० राशीसहित लुम्बिनी अञ्चलको प्रतिनिधित्व गर्दै लोकसंगितमा योग्दान पुर्‍याए बापत “नुर गंगा लोेक गायन स्थापित प्रतिभा राष्ट्रिय पुरस्कार”बाट सम्मानित भएका छन्।

एक कार्यक्रमका बीच प्रमुख अतिथी पुर्ब प्रधानमन्त्री एबम साहित्यकार लोकेन्द्र बहादुर चन्द र सस्थाका सम्रक्षक अमिर प्रताप जबराले ताम्रपत्र र नगदले सम्मान गरेका थिए । सानैदेखिको रुचिको बिषय गीतसंगीतलाइ आफ्नो जिल्ला रुपन्देहीको एउटा लोकदोहोरि यात्राबाट गीतगाउन शुरु गरेका गायक पौडेल करिब २ दशक देखी नेपाली लोकसंगीतमा सक्रीय छन् ।

समाजका कुरीति बिसंगती घटना परिघटना यर्थाथ परक कुराहरुलाइ जस्ताको त्यस्तै उतार्न माहिर नबिनले यसअघि दर्जनौ यर्थाथ परक एल्बमहरु बजारमा निकालेका छन् ।

“यूवा पलायन भैदिएभने देश धान्ने कल्ले हो

राज्यले बुझोस यो देश धान्ने यूवाकै बलले हो ।

हरेक जात जाति छौ नानाथरि मिलेर बसौ यहि जन्मभूमि छ स्बर्ग सरी”।

नेपालको मेचिदेखि महाकालीसम्मका मेलामहोत्सबमा अत्यन्तै ब्यस्त र दर्सकश्रोताको रोजाइमा पर्ने लोकगायक मध्य नविन पनि एक हुन् ।

“के सम्झनु छर जान्न मत त्यो घर” “यस्तै हुन्छ भन्नेभा” “म परेँ पाल्पाको” “दुखका दिन गए” ” नया पार्टी खोल्छु” लगायतका चर्चित गीत गायर उनले स्टेजमा गइसकेपछि सबैको वाहवाह अनि वान्समोर पाउछन् र छमछमि नचाउछन् ।

नेपालमा मात्र होइन विदेशमा गएर पनि त्यहा रहेका नेपालीहरको मन जितिसकेका छन् ।

जापान, दुबइ,मलेसिया,सिंगापुर,बंगलादेश,भारतका बिभिन्न राज्यहरुमा गएर आफना प्रस्तुतीहरु पस्किसकेका छन् ।