निर्वाचन आयोग घेर्न गएका डा. बाबुराम भट्टराई पक्राउ

0
444

काठमाडौं, २० चैत्र ।

निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले भट्टराईसँगै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पनि पक्राउ गरेको छ ।

दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलले निर्वाचन आयोगमा धर्ना दिन पुगेका उनीहरुलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । जुलसससहित धर्नाका लागि अयोगको केन्द्रीय कार्यालय बहादुरभवनतर्फ अघि बढेका भट्टराईसहितका नेताहरुलाई प्रहरीले पक्राउगरी ट्रकमा हालेर अहिले प्रहरी कार्यालयतर्फ लगिएको नयाँ शक्तिका नेता विश्वदीप पाण्डले जानकारी दिएका छन् ।

भट्टराईलाई पक्राउ गरेको विरोधमा नयाँ शक्ति पार्टी नेपालका कार्यकर्ताले विरोध गरिरहेका छन् ।