योगेश भट्टराईले सामाजिक सञ्जालबाटै देउवालाई अनपढ भनेपछि…

0
1217

काठमाडौं, २८ चैत । नेकपा एमालेका सचिव योगेश भट्टराईले सोमबार लगातार दुई ट्वीट गरे । दुवै ट्वीट नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रति लक्षित थिए ।

आइतबार नेपाली कांग्रेसले कैलालीको अत्तरियामा गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि वंग्य गरेपछि भट्टराई देउवा माथि आक्रोशित बनेका हुन् । देउवाले चुनावी सभालाई सम्बोधन गर्दै एमालेजस्तो जिम्मेवार पार्टी देशका विभिन्न जातजाति र भाषाभाषीका बीच झगडा चर्काउन खाजेको आरोप लगाएका थिए ।

उनले एमाले राजनीतिका नाममा गैरजिम्मेवार रूपमा प्रस्तुत हुनु दुर्भाग्यपूर्ण भएको समेत बताएका थिए । देउवाले ओली प्रति लक्षित गर्दै भनेका थिए, ‘उखानटुक्काले देश बन्ने भए कलाकारलाई पार्टीको अध्यक्ष बनाए भयो, उहाँ (ओली) भन्दा राम्रा कलाकार देशमा धेरै छन् ।’

देउवाको यही अभिव्यक्तिलाई लिएर उनले ट्वीटरमा कटाक्ष गरेका हुन् । ‘ पढेलेखेकालाई नै उखानटुक्का पनि आउँछ, अनपढलाई त कालो अक्षर भैंसी बराबर स् देउबाजी ।’ देउवा प्रति सचिव भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘कलाकार नै रचनाकार, श्रीजनाकार र निर्माणकर्ता पनि हुनः देउबा महोदयलाई ख्याल रहोस् ।’