मासिक १० हजार भत्ता सहित, ग्रील तथा स्टील ब्यवसायी महासंघको ३ महिने तालिम

0
603

चैत्र ३० काठमाडौ । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालले मेटल फेब्रिकेटर्स ३ महिने कार्यशालास्थल तालिमको सुरुवात गरेको छ । तालिमको बुधबार श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङले उद्घाटन गर्नुभयो ।तालिमको उद्घाटन गर्दै मन्त्री गुरुङले महासंघले शुरु गरेको यो तालिमले सकारात्मक परिणाम ल्याउने बिश्वास गर्दै सरकारले ब्यवसायीका जायज मागलाई सम्बोधन गर्ने बिश्वास दिलाउदै दक्ष जनशक्ति उत्पादन गर्न र रोजगारी श्रजना गर्न सरकारले सहयोग गर्ने बताउनुभयो ।ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले १ लाख ५० हजार भन्दा बढी दक्ष र अर्धदक्ष बेरोजगार युवालाइ रोजगारी दिई बार्षिक ३० अर्वभन्दा बढीको कारोबार गर्दै आईरहेको र देशभरि संचालित १० हजार ग्रील तथा स्टील उद्योगहरुमा बिगत केही बर्षयता दक्ष र अर्धदक्ष कामदारको अभावले गर्दा उद्योगहरुले सुचारु गर्न तथा उपभोक्ताहरुको मागलाई पुरा गर्न कठिन भैरहेको अवस्थामा र बढ्दो ग्रील तथा स्टीलको मागलाई पुररा गर्न यो तलिम प्रभावकारी हुने बताउनुभयो । महाभुकम्प पछि यसको माग अप्रत्यासित रुपमा माग दोब्बर बढ्न गई सेवा दिन नसक्दा ब्यवसायीहरु थप संकटमा परेको तथा राजनैतिक अस्थिरताको कारण दक्ष जनशक्ति बिदेशिने क्रम बढन गई स्वदेशमा दक्ष जनशस्तिको अभाव बढेको अवस्थामा भारत तथा बंगलादेशबाट महंगो मुल्य तिरेर जनशक्ति मगाउनु पर्ने बाध्यता अध्यक्ष कटुवालको भनाइ छ ।उद्योगीहरु मारमा परेको अवस्थामा ग्रील उधोग ब्यवसायीहरुको एक मात्र छाता संगठन ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल आफैले र बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गरी यो ब्यवसायमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने गरेकोमा अहिले अन्तराष्ट्रिय श्रम संगठनसंग मिलेर मासिक १० हजार भत्ता दिई ६० जना बेरोजगार युवा युवतिहरुलाई ३ महिना आधारभुत कार्यशालास्थल तालिमको सुरुवता गरेको हौँ अध्यक्ष कटुवालले भन्नुभयो,तालिम पश्चात उनिहरुलाई दक्षताको आधारमा रोजगारी समेत दिइने छ ।
महासंघले तालिममा दुर्गम जिल्ला, पछाडी परेको वर्ग उच्च शिक्षा हासिल गर्न नसकेका बेरोजगार युवा युवतीलाई तालिम दिएर रोजगारी दिने र उद्योग स्थापना गर्न चाहनेहरुलाई सहयोग समेत गर्दै आइरहेको छ । यो तालिमले दक्ष्य जनशक्ति उत्पादन गरि रोजगारी श्रृजना संगै सुरक्षित कार्य सम्पादन संगै ब्यवसायलाई ब्यवस्थित गर्न समेत सहयोग पुग्ने बिश्वास महासंघले लिएको छ । पहिलो पटक आई.एल.ओ.संग सहकार्य गरि संचालन गर्न लागेको तालिममा काठमाडौं उपत्यकामा ४० जना र मोरङ जिल्लामा २० जना गरि जम्मा ६० जनालाई तालिम दिई रोजगारीको समेत ग्यारेन्टी गरिएको तालिमले यो क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभावलाई क्रमश कम गर्दै जाने बिश्वासका साथ तालिमलाई देश ब्यापी रुपमा संचालन गर्ने लक्ष्य महासंघले लिएको छ ।
तालिममा गुल्मी,अछाम,बाके,दोलखा,उदयपुर,दार्चुला,लमजुङ,मुगु,धनकुटा,सिन्धुपाल्चोक,तेहृुथमु,मकवानपरु,ललितपुर,झापा,काभ्रे,बैतडी,पर्सा,इलाम,जनकपुुर,धादिङ,सर्लाही,चितवन,स्याङजा,बझाङ ,महोत्तरी लगायतका जिल्लाबाट प्रशिक्षार्थी छनौट गरिएको छ । हाल ग्रील उद्योगमा थप ५० हजार जनशक्ति आवश्यक रहेको छ ।।कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले ग्रील तथा स्टील ब्यवसायीका समस्या सम्बोधन गराउन घरेलु महासंघले आवश्यक पहल गर्ने बताउनुभएको थियो ।