एजेन्सी, २ बैशाख । कोरियाली प्रायद्वीपमा बढ्दै गएको तनावका बीच चीनले कुनै पनि समय युद्धको अवस्था आउन सक्ने चेतावनी दिएको छ । कोरियाली प्रायद्वीपमा बढ्दै गएको तनावले यद्धको रुपलिए कसैको जित हुने नसक्ने चीनका विदेश मन्त्री वांग यीले बताउनुभएको छ ।
कोरियाली प्रायद्वीपमा अमेरिकाले युद्धपोत तैनाथ गरेपछि उत्तर कोरियालले राजधानी प्योङयाङ खाली गराउने प्रक्रिया सुरु गरेपछि चीनका विदेश मन्त्रीको यस्तो भनाइ सार्वजनिक भएको हो ।
चीनका विदेश मन्त्री वांगले एकले अर्कोलाई धम्काउने क्रियाकलापले कसैको भलो नहुने र कोरियाली प्रायद्विपमा युद्ध भए ठुलो मानविय संकट खडा हुनसक्ने बताएका छन् ।