काठमाडौं, २ बैशाख । वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय चुनावका लागि आज देखि मतदाता शिक्षा कार्यकर्ता परिचालन हुँदैछन् । सबै जिल्लामा तालिम दिइसकेकाले आजदेखि मतदाता शिक्षा कार्यकर्ता गाउँगाउँ जाने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।
एउटा निर्वाचन केन्द्रमा एकजना मतदाता कार्यकर्ता अनिवार्य खटिने उहाँले बताउनुभयो । आयोगले सबै मतदान केन्द्रका लागि २१ हजार जना मतदाता शिक्षा कार्यकर्ता खटाइएको जनाएको छ । यसैबिच, निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि खरिद गरिएका ३० हजार मतपेटीका पर्सिसम्म प्राप्त हुने बताएको छ ।
देशभरका ७ सय ४४ स्थानीय तहको चुनावका लागि ८४ हजार मतपेटिका आवश्यक रहेकोमा ३० हजार थान खरिद गरिसकिएको आयोगले जनाएको हो ।