राष्ट्रिपतिको शक्ति बढाउने जनमत संग्रहमा एर्डोगान विजयी

0
819

एजेन्सी, ४ बैशाख । टर्कीमा भएको जनमत संग्रहमा राष्ट्रपति रेसेप तायिप इर्डोगानलाई स्पष्ट बहुमत प्राप्त भएको छ । राष्ट्रपतिलाई शक्तिशाली सम्पन्न गराउनका लागि भएको निर्वाचनमा राष्ट्रपति इर्डोगानलाई स्पष्ट बहुमत प्राप्त भएको हो ।

यो नजितासँगै टर्कीका संस्थापक नेता मुस्ताफा कमाल आतातुर्क र उहाँका उत्तराधिकारी इस्मेत इनोनुभन्दा बढी इर्डोगान बढी शक्तिशाली बन्नुहुनेछ । अब राष्ट्रपति इर्डोगान सन् २०२९ सम्म राष्ट्रपति बन्न सक्नुहुनेछ । इर्डोगान टर्कीमा राष्ट्रपति शासन प्रणाली लिएर आउनुहुनेछ ।

करीब ९९.४५ प्रतिशत गणनामा ५१.३७ प्रतिशत नागरिकले राष्ट्रपति शासन प्रणालीको पक्षमा मतदान गरेका छन् भने विपक्षमा ४८.६३ प्रतिशत मत खसेको छ । इर्डोगानका समर्थकहरुले राष्ट्रपति शासन प्रणाली देशमा स्थापित गर्दै यसले देशको आधुनिकीकरण हुनुका विश्वास ब्यक्त गरेका छन् भने विपक्षीहरुले भने यसले निरंकुशता बढ्ने दाबी गरेका छन् ।

देशका दुवै विपक्षी पार्टीले राष्ट्रपति शासन प्रणालीमा जाने कि नजाने भन्ने कुरा जनमत संग्रहले फैसला गर्ने बताएका थिए । रिपब्लिकन पिपल्स पार्टी (सीएचपी)ले ६० प्रतिशत मतदानको पुनः गणना गर्नुपर्ने माग गरेको छ ।

देशभरमा एक लाख ६७ हजार मतदान केन्द्रमा लगभग साढे ५ करोड नागरिकले मताधिकारका लागि योग्य थिए । इर्डोगानले संवैधानिक परिवर्तनका सबैभन्दा बढी कार्यक्रम प्रतिनिधित्व गर्नुहुनेछ । टर्कीमा एक शताब्दी पहिला गणतन्त्र स्थापना भएको थियो । राष्ट्रपतिसँग मन्त्रिपरिषद् सदस्यहरु नियुक्ति गर्ने, फैसला जारी गर्ने, बरिष्ठ न्यायाधीस चुन्ने तथा संसद भंग गर्ने अधिकार पनि प्राप्त भएको छ ।