पशुपतिनगर नाकाबाट १६ जना बालकको उद्धार

0
665

काठमाडौं, ५ बैशाख । नेपाल भारत सीमावर्ती इलामको सूर्योदय नगरपालिका स्थित पशुपतिनगर नाकाबाट १६ जना बालकको उद्धार गरिएको छ ।

लामा पढाउने भन्दै भारतबाट आएका लामाहरुले इलाम र पाँचथरका विभिन्न गाउँका बालकलाई भारतको लैजाने क्रममा माइती नेपाल र प्रहरीले उनीहरुलाई नाकामा रोकेर उद्धार गरेको हो ।

रोकेर सोधपुछ गर्दा बालकहरुलाई फकाई फुल्याइ गरेर ल्याएको पाइएपछि ति बालकहरुलाई उद्धार गरी प्रहरी, मानवअधिकारकर्मी लगायतको रोहबरमा परिवारको जिम्मा लगाएको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले बताएका छन् ।

६ देखि १५ वर्ष उमेरका बालकलाई लामा पढाइदिने भन्दै लाने लामालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरीरहेको छ ।