आईपीएलमा मुम्बई इण्डियन्सद्वारा पञ्जाव ८ विकेटले पराजित 

0
452

काठमाडौं, ८  बैशाख । इण्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेटको गएरातीको खेलमा मुम्बई इण्डियन्सले किंग्स इलाभेन पञ्जावलाई ८ विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको थियो । १ सय ९९ रनको चुनौती मुम्बईले १५ ओभर ३ बलमा मात्र २ विकेटको क्षतिमा भेट्टायो ।

पञ्जावका हसिम अमलाले शतक पार गर्दै सर्वाधिक स्कोर बनाउनुभयो । अमलाले ६० बलमा ६ छक्का र ८ चौकाको मद्दतमा १ सय ४ रन बनाउनुभयो । पञ्जावका ग्लेन माक्सवेलले ४० रनको योगदान गर्नु भएको थियो ।

जवाफी ब्याटिङ गरेको मुम्बइका जोस बटलरले ७७ रन तथा नितिष रानाले नटआउट ६२ रनको योगदान गर्नुभयो भने पार्थिव पटेलले ३७ रन जोड्नु भयो ।

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र गजुरात लाइन्सबीच खेल हुनेछ ।