२०८२ जेष्ठ ४ गते शनिबार
२०८२ जेष्ठ ४ गते शनिबार

नीति तथा कार्यक्रमबारे ज्ञानेन्द्र शाहीले भने- टोले गुण्डाको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको नीति तथा कार्यक्रमलाई ‘टोले गुण्डाको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो’ भएको टिप्पणी गरेको छ।

राप्रपा प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले भनेका छन्, ‘सरकारको नीति तथा कार्यक्रम, पुरानो ढर्राको च्यात्तिएको कागज जस्तो । टोले गुण्डाहरूको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो। अगुल्टोले हानेको बिरालो बिजुली देख्दा तर्सिएको जस्तो । गरिनेछ, भनिनेछ, सुनिनेछ । भन्ने सुगारटाइ जस्तो ।’

उनले नीति तथा कार्यक्रममा युवाको रोजगारीको कुनै विषय नआएको पनि बताएका छन् । ‘न त युवाको रोजगारीको लागि, न त देशका लागि,’ उनले भनेका छन् । उनले नीति तथा कार्यक्रम सिर्फ भ्रष्टाचारीलाई संरक्षण र संस्थागत गर्न आएको भन्दै आरोपित गरेका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।