२०८२ जेष्ठ १० गते शुक्रबार
२०८२ जेष्ठ १० गते शुक्रबार

दक्षिण एसियाली सपना कोमामा छ, मर्न दिने कि ब्युँताउने नेपालको हातमा छ : सांसद वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले शान्ति र समृद्धिका लागि गहिरो अन्तरसम्बन्धको दक्षिण एसियाली सपना कोमामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। आज (शुक्रबार) को प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले काठमाडौँमा भएको पछिल्लो १८ औं सार्क शिखर सम्मेलनको १० वर्ष नाघिसकेको बताउँदै सो बेला आफूले प्रस्ताव गर्ने मौका पाएको स्मरण गराएका छन् ।

‘पछिल्लो १८ औं सार्क शिखर सम्मेलन यही काठमाडौंमा भएको थियो, १० वर्ष नाघिसक्यो,’ वाग्लेल भने, ‘त्यतिखेर कुन थिम राख्ने भन्दा मैले नै प्रस्ताव गर्ने सौभाग्य पाएको थिए । शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको त्यो दक्षिण एसियाली सपना आज कोमामा छ । कोमामै राख्ने हो कि, यसलाई मर्न दिने हो कि, यसलाई ब्युँताउने हो, यसबारे हामीले निक्र्यौल गनुपर्नेछ ।’

तनहुँमा जन्मिएका सरदार यदुनाथ खनालले नेपाल–चीन सीमामा रहेका १८ वटा भारतीय सैनिक चेक पोस्टलाई वार्ताबाट नै हटाउन सफल भएको स्मरण गर्दै अहिलेको सरकारबाट उक्त अपेक्षा नरहेको बताए । ‘तनहुँमा जन्मनु भएका सरदार यदुनाथ खनालले नेपाल–चीन सीमामा रहेका १८ वटा भारतीय सैनिक चेक पोस्टलाई वार्ताबाट नै हटाउन सफल हुनु भएको थियो,’ वाग्लेले भने, ‘भारतसँग सम्बन्ध नबिगारीकन, त्यसको लागि गहिरो अध्ययन, उच्च नैतिकता र फराकिलो अनुभव चाहिने थियो । त्यस्तो अपेक्षा अहिलेको नेतृत्वबाट छैन । एउटा श्वेत पत्र आओस् भन्ने अपेक्षा पनि छैन । तर माग भने म गर्न चाहन्छु ।’

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।