२०८२ असार ११ गते बुधबार
२०८२ असार ११ गते बुधबार

स्याङ्जाको बिरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखा

३१ वैशाख, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले बुधबार स्याङ्जाको बिरुवा गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकामा २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बिरुवा शाखा उद्घाटन बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर र बैंकका अध्यक्ष दीलिपप्रताप खाँडले संयुक्त रूपमा गरे । त्यसैगरी अर्जुनचौपारी शाखा उद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र बैंकका अध्यक्ष खाँडले संयुक्त रूपमा गरे ।

उद्घाटन कार्यक्रममा गाउँपालिका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवि लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

सञ्चालनमा आएका नयाँ शाखा कार्यालबाट उक्त क्षेत्रका स्थानीयवासिन्दा, व्यावसायिक फर्म/कम्पनी तथा अन्य संघसंस्थालाई उत्कृष्ट सेवा प्रवाहमा बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा बैंकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ ।

 

लोकप्रिय

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।