२०८२ असार ११ गते बुधबार
२०८२ असार ११ गते बुधबार

स्विडेनमा ‘युरोपियन सेक्स च्याम्पियनसिप’, ४५ देखि एकघण्टासम्म यौन क्रियाकलापमा संलग्न हुनुपर्ने

काठमाडौं । स्विडेन सरकारले यौन (सेक्स)लाई औपचारिकतासहित खेलको रूपमा घोषणा गरेको छ । यौनलाई खेल मान्दै आउँदो बिहीबार (जुन ८) देखि पहिलोपटक यौन प्रतियोगिताको आयोजना गर्दै छ ।

यौन प्रतियोगितामा भाग लिने व्यक्तिहरू यौनसत्रमा संलग्न हुनेछन्, जुन दैनिक ६ घण्टासम्म चल्न सक्छ । निर्णायकको प्यानल र दर्शकको भोटको आधारमा यौन प्रतियोगिताका विजेताहरू छानिनेछन् ।

६ हप्तासम्म चल्ने युरोपियन सेक्स च्याम्पियनसिपमा सहभागीहरूले आफ्नो खेलअवधिको आधारमा दैनिक ४५ मिनेटदेखि एक घण्टासम्म यौन क्रियाकलापमा संलग्न हुनेछन् ।

जोडीबीचको केमेस्ट्री, सेक्सबारेको ज्ञान, सहनशीलताको स्तर आदिलाई ध्यानमा राखेर विजेताको अन्तिम निर्णय गरिने बताइएको छ ।

विशेष गरी सेक्स र कामुकतासम्बन्धी संस्कृत शास्त्र ‘कामसूत्र’को ज्ञानले पनि निर्णय लिन भूमिका खेल्ने बताइएको छ । सहभागीहरूले ‘कामसूत्र’सम्बन्धी ज्ञानको आधारमा पनि अंक प्राप्त गर्नेछन् । यसबाहेक च्याम्पियनशिपले विभिन्न किसिमका सेक्सुअल ओरिएन्टेसनलाई समेत समावेश गरेको छ ।

यौन प्रतियोगिताको आयोजक स्विडिस सेक्स फेडरेसनले युरोपेली देशमा यो महत्वपूर्ण नयाँ सुरुआत हुने विश्वास व्यक्त गरेको छ । यो निर्णयको कतिपयले आलोचना गरेका छन् भने कति मौन छन् ।

लोकप्रिय

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।