कोल्टीमा सेनाको विमान दुर्घटनाः पाइलटको मृत्यु, दुईजना घाइते

0
530

बाजुरा, १६ जेठ । बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको विमान (स्काई ट्रक) दुर्घटनामा परेको छ । एनए ०४८ विमान अवतरणको क्रममा धानवनमार्गमा नै पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परी पाइलट कर्णेल कैलाश गुरुङको ज्यान गएको छ । उहाँको कोल्टी प्राथमिक स्वास्थ केन्द्रमा उपचारको क्रममा ज्यान गएको हो ।

यस्तै को–पाइलट मेजर अनिता आले र सहयोगी सुबेदार पूर्णबहादुर खड्का घाइते भएका छन् । उनीहरुको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारका लागि सीता एयरको विमानबाट नेपालगञ्ज लगिएको छ । ज्यान गुमाएका पाइलटको शव पनि नेपालगञ्ज लगिएको छ ।

सुर्खेतबाट सिमिकोटका लागि उडेको विमान सिमकोटमा अवतरण गर्ने स्थिति नभएपछि डाइभटै गरेर बाजुरा लगिएको थियो । तर कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान धान खेतमा पुगेर दुर्घटना भएको हो ।