२०८२ असार २८ गते शनिबार
२०८२ असार २८ गते शनिबार

दुर्गा प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा

काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश दिएको हो ।

यस्तै, अन्य ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । त्यसपछि कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । चार नाबालकलाई भक्तपुर पठाइएको थियो ।

२० जेठदेखि अदालतमा थुनछेक बहस सुरु भएको थियो, जुन बिहीबार सकिएको छ । राजावादी आन्दोलनका कमान्डर प्रसाईंसहित ८ जनामाथि कर्तव्य ज्यानको मुद्दा पनि लगाइएको थियो, तर आपराधिक उपद्रवको मुद्दा लागेकाहरू धरौटीमा रिहा भइसकेका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।