२०८२ पुष २ गते बुधबार
२०८२ पुष २ गते बुधबार

फागुन २१ काे चुनावका लागि नयाँ दल दर्ताको समयसीमा आज सकिँदै

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समयसीमा आज सकिँदैछ । निर्वाचन आयोगले तोकेको समयावधि अनुसार इच्छुक राजनीतिक दलहरूले आज साँझ कार्यालय समयसम्म आफ्नो दर्ता प्रमाणपत्र लिइसक्नुपर्नेछ ।

 

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आह्वान गरेसँगै धेरै नयाँ दलहरू दर्ता भएका छन् । यस प्रक्रियामा रहेका केही दलहरूले आज आफ्नो प्रमाणपत्र प्राप्त गर्नेछन् । हालसम्म निर्वाचन आयोगका अनुसार १२६ दलले आधिकारिकता पाइसकेका छन् । आजको अन्तिम दिनपछि यो संख्यामा केही थपघट हुन सक्नेछ ।

आयोगले यसअघि नै फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय गरेको थियो ।

 

यसैबीच, मंसिर १ गतेदेखि १० गतेसम्म प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्न चाहने उम्मेदवारहरूका लागि निवेदन दिने समय तोकिएको छ । निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आयोगले सम्पूर्ण तयारी अगाडि बढाएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।