काठमाडौं । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै उनले आफूले जनमत संग्रहको माग राखेको र २ पुससम्मको अल्टिमेटम दिएको बताए ।
उनले भने, ‘मैले राजसंस्था पुन:स्थापना लगायतका विषयमा जनमत संग्रहमा जाउँ भने । प्रधानमन्त्रीले पुस २ गतेसम्म डिसिजन दिन्छु भन्नुभएको छ ।’
माग पूरा भएन भने चुनाव हुनै नसक्ने प्रसाईँले ठोकुवा गरे ।
उनले भने, ‘माग पूरा भएन भने जनविद्रोह हुन्छ, चुनाव हुँदैन भनेर भनिदिएको छु ।’
प्रसाईले राजसंस्था पुनस्थापनालगायतका विभिन्न २७ बुँदे माग सरकारसामु राखेको छ । आफुहरुको माग पुरा नभए चुनाव हुनै नदिएर। जनविद्रोह गर्ने ठाडो चेतावनी प्रसाईले दिएका छन् ।








