अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तिमा ९५ जना लडाकूको मुत्यु ।

0
376

१० कात्तिक अफगानिस्तान । अफगानिस्तानमा पछिल्लो पटक भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५ जना लडाकू मारिएको बताईएको छ । देशभरी विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीका क्रममा ती लडाकू मारिएको अफगानी रक्षा मन्त्रालयले जनाएको छ । घटनामा परी अन्य आठ जना घाइते भएका छन् भने ११ जना सुरक्षाकर्मीको नियन्त्रणमा रहेका छन् ।

गत चौबिस घण्टामा सुरक्षाकर्मीले आतंकबादीबाट केही विस्फोटक पदार्थ र हातहतियारसमेत नियन्त्रणमा लिएर नष्ट गरेको जनाइएको छ । अफगानिस्तानमा तालिबान नेतृत्वको हिंसा लामो समयदेखि जारी रहेकोले सरकारी सुरक्षा निकायले उनीहरु विरुद्धको सुरक्षा कारबाही पनि तीव्र पारेको जनाइएको छ ।